You are viewing the translated version of भ्रमपूर्ण, झुट्टा वा काल्पनिक सूचना तामेलीमा राख्ने झुट्टा वा काल्पनिक सूचना तामेलीमा राखे.

Section 16
भ्रमपूर्ण, झुट्टा वा काल्पनिक सूचना तामेलीमा राख्ने झुट्टा वा काल्पनिक सूचना तामेलीमा राखे
: (१) संहिताको दफा ११ को उपदफा (१) बमोजिम कुनै कसूरका सम्बन्धमा प्राप्त जाहेरी दरखास्त वा सूचना भ्रमपूर्ण, झुट्टा वा काल्पनिक भई अनुसन्धान गर्न आवश्यक नभएमा वा निरर्थक देखिएमा संहिताको अनुसूची-१ अन्तर्गतका कसूरको हकमा सम्बन्धित प्रहरी कार्यालय र अनुसूची-२ अन्तर्गतका कसूरको हकमा सम्बन्धित कार्यालयले सोही कुरा खुलाई सम्बन्धित सरकारी वकील कार्यालयमा अनुसूची-६ बमोजिमको ढाँचामा प्रतिवेदन पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त प्रतिवेदनको अध्ययन गर्दा वारदातको सम्बन्धमा तत्काल अनुसन्धान गर्न मनासिव नदेखिएमा सम्बन्धित सरकारी वकीलले त्यसको आधार र कारण खोलि पछी थप प्रमाण प्राप्त भएका वखत पुनः अनुसन्धान गर्न सकिने गरी तामेलीमा राखे निर्णय गर्नु पर्नेछ ।
तर प्राप्त प्रतिवेदनको अध्ययन गर्दा तामेलीमा राख्न उपयुक्त नदेखिएमा त्यसको कारण खुलाई थप अनुसन्धान गर्न सम्बन्धित अनुसन्धान अधिकारीलाई निर्देशन दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम तत्काल अनुसन्धान गर्न मनासिव नदेखि तामेलीमा राख्ने गरी निर्णय भएकोमा सम्बन्धित मुद्दाको हदम्याद भित्र थप प्रमाण प्राप्त नभएमा सो निर्णय स्वतः अन्तिम हुनेछ ।